नेपालीहरूको नियति बंगलादेशका हिन्दुहरूको जस्तो नहोस्
२०८१ मंसिर २९ गते शनिवार
- कुनै समय हिन्दुहरूको भुमि अफगानिस्तान, पछि बौद्धहरूको पनि उल्लेख्य संख्या थियो, आज पुर्णतया ईस्लामिक राज्यमा परिणत भएको छ। विगत १०० बर्षको अन्तरालमा त्यहाँका हिन्दुहरूको सफाया नै भयो। सन् १८०४ मा हिन्दु प्रधानमन्त्री (पण्डित नन्द राम टिकु) भएको देश अफगानिस्थान आज औंलामा गनिने जति हिन्दुहरू पनि छैनन्। विगतमा त्यहाँ के कस्ता नरसंहार र बर्बरताहरू भए ईतिहासको पानाहरूमा छर्लंग छ ।
बंगलादेशमा गत जुन महिनामा शुरु भएको सरकार बिरुद्धको आन्दोलन यतिबेला हिन्दु समुदाय बिरुद्ध नरसंहारमा परिणत भएको छ। शुरुवातमा आरक्षणको नामामा भड्किएको आन्दोलन प्रधानमन्त्री शेख हसिनाले देश छोडे लगत्तै त्यहाँका अल्पसंख्यक हिन्दुको सुरक्षामा भय उत्पन्न भयो।
हरेक दिनजसो हिन्दुहरूको घर जलाउने, मन्दिरहरू तोडफोड गर्ने, महिलाहरूलाई बलात्कार गर्ने र अत्यन्त क्रुरतापूर्वक हत्या गर्ने जस्ता घटनाहरू बाहिर आउन थाले। र यो शृंखला आजपर्यन्त जारी छ। विश्वका अधिकांश ठुला मिडियाहरू, बुद्धिजीवीहरू हिन्दुहरू माथि भईरहेको यस बर्बरताको बारेमा मौन देखिन्छनन। बरु यसलाई अन्य भिन्न तवरले व्याख्या विवेचना गर्दै हिन्दुहरू माथि भैरहेको बर्बरतालाई मौन समर्थन गरिरहेका देखिन्छन।
एउटा सामान्य माग राखेर विद्यार्थीले नेतृत्व गरेको आन्दोलन कसरी एक साम्प्रदायिक घृणा र नरसंहरमा परिणात हुन सक्छ ? विश्लेषकहरूले बंगलादेशको घटनालाई विभिन्न कोणबाट विश्लेषण गरेका छन्। अहिलेको परिस्थिति हेर्दा बंगलादेश एक स्वस्थ प्रजातान्त्रिक देशको रुपमा नभएर शरिया कानुन कानुन सहितको ईस्लामिक गणतन्त्रमा परिणत हुन सक्ने सम्भावनाहरू बढेर गएको छ। जसरी अल्पसंख्यक हिन्दुहरूमाथि बर्बरता जारी राखिएको छ र त्यहाँको बर्तमान युनुस सरकार यस्ता घटनामा मौन देखिन्छन, यसैले त्यसतर्फ स्पष्ट संकेत गर्छ।
साथै प्रशासन र सुरक्षा निकायहरू (सेना/प्रहरी) समेतले अल्पसंख्याको सुरक्षा गर्ने भन्दा पनि त्यहाँका अतिबादी इस्लामिक समूहहरूको क्रियाकलापमा सहयोग गरिरहेको समेत देख्न सकिन्छ। ईस्लामिक र ईसाई बहुसंख्यक भएर धर्म निरपेक्ष भएको देश दुनियाँमा कतै छैन। त्यसैले बंगलादेशमा ईस्लामिक गणतन्त्रको लागि ईस्लामिक संगठनहरूले माग गर्दै आएका थिए।
पछिल्लो घटनाहरूमा हिन्दु धार्मिक संगठनका अगुवाहरू माथिको आक्रमणमा निरन्तरताका साथसाथै उनीहरूलाई झुटा आरोपहरू लगाउने र प्रताडना दिने कामहरू भैरहेका छन्। इस्कोन अभियानका भक्त चिन्मोई कृष्ण दास प्रति गरिएको व्यवहारले पनि हिन्दुहरू प्रतिको व्यवहार कस्तो छ बुझ्न सकिन्छ ।
यति मात्रै होइन पछिल्लो समय हिन्दुहरूलई आफ्नो धार्मिक गतिबिधि गर्न, मठ मन्दिरमा पुजा अर्चना गर्न समेत कठिनाई सिर्जना गरिएको छ। हिन्दुहरूको घरमा लुटपाट गर्ने र जग्गा हडप्ने सम्मका कार्यहरू खुलेआम भईरहेका छन्।
भारत निर्वासित शेख हसिनाको पक्षमा हिन्दुहरू लागेकाले उनीहरू प्रति घृणाभाव प्रकट भएको भन्ने राजनैतिक भाष्य स्थापित गरिएको छ र हिन्दुहरू माथिको बर्बरतालाई राजनैतिक रंगको लेपन लगाउने चेष्टा भएको छ। तर त्यहाँका सामाजिक अभियान्ता, उच्च पदस्थ कर्मचारी र राजनैतिक समुहका अगुहरू हिन्दुहरुको सफाया गर्ने उद्घोष गरिरहेका छन्।
बंगलादेश 'जमात ए ईस्लामी' संगठन जसले शरिया कानुनको वकालत गर्दछ, उनीहरू यतिबेला बंगलादेशको झण्डा र राष्ट्रिय गान समेत परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन्। सन् १९४१ मै स्थापित भएको यो संगठन जो पाकिस्तान विभाजनको विपक्षमा थियो । यस संगठनले बंगलादेशमा निरन्तर ईस्लामिक राज्यको वकालत गर्दै आईरहेको छ। अहिले बंगलादेशमा हिन्दु बिरुद्ध बर्बरता मच्चाउनेहरूमा यिनै समुहको मुख्य भूमिका देखिन्छ।
सन् २००६ मा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गरेसंगै उनले अल्पसंख्यक हिन्दुहरूको सुरक्षा हुनेमा विश्वस्त रहन आग्रह गरेका थिए। तर विस्तारै उनि स्वयम् हिन्दु बिरुद्ध भड्काव भाषणहरू गर्नमा पछि परेनन्। उनि स्वयम ईस्लामिक शरिया बंगलादेशको निर्माणका लागि सहजीकरण गरिरहेको भान हुन्छ।
बंगलादेश स्वतन्त्र हुने समयमा करिब २२% रहेका हिन्दुहरू निरन्तर घट्दै आएर अहिले ८% मा झरेका छन्। यसरी हिन्दुहरूको जनसंख्या निरन्तर घटनुको एउटै कारण हो, त्रासमा धर्म परिवर्तन, लभजिहाद र बर्बरता।
यथार्थ के हो भने अफगानिस्तान देखि ईण्डोनेशिया सम्मका सबै मुस्लिमका पूर्वज हिन्दुहरूनै हुन्। उनीहरूका पूर्वजलाई ईस्लामिक शासनको समयमा तरवारको त्रास र जजिया करको दवावमा मुस्लिम बनाईएको हो।
कुनै समय हिन्दुहरूको भुमि अफगानिस्तान, पछि बौद्धहरूको पनि उल्लेख्य संख्या थियो, आज पुर्णतया ईस्लामिक राज्यमा परिणत भएको छ। विगत १०० बर्षको अन्तरालमा त्यहाँका हिन्दुहरूको सफाया नै भयो। सन् १८०४ मा हिन्दु प्रधानमन्त्री (पण्डित नन्द राम टिकु) भएको देश अफगानिस्थान आज औंलामा गनिने जति हिन्दुहरू पनि छैनन्। विगतमा त्यहाँ के कस्ता नरसंहार र बर्बरताहरू भए ईतिहासको पानाहरूमा छर्लंग छ ।
पाकिस्तान भारतबाट अलग हुँदा उलेख्य संख्यामा भएका हिन्दुहरू अहिले ३ प्रतिशत भन्दा कम छन्।
त्यसैले यतिबेला बंगलादेशमा भैरहेको हिन्दु समुदाय र त्यहाँका अन्य अल्पसंख्यक समुदाय माथिको ज्यादतिको बिरुद्धमा नेपाल सरकारले विश्व मंचमा आवाज उठाउनु पर्छ। हिन्दु बहुल र हिन्दु धर्म संस्कार-संस्कृतिको मूल भूमिको रुपमा पनि संसारका जुनसुकै कुनामा हिन्दुहरूमाथि अन्याय र अत्याचार हुँदा त्यसको बिरुद्धमा उभिने हिम्मत नेपालले राख्नुपर्छ। यसका साथै नेपालले यस्ता घटनाहरूबाट पाठ सिकेर आफ्नो देशमा शान्ति सुरक्षा कायम गर्नका लागि सामाजिक विद्वैस फैलाउने संगठनहरू प्रति निगरानी गर्नुपर्छ।
सामाजिक घृणा र त्यस्ता खाले इस्लामिक अतिवाद र कट्टरपन्थीहरू नेपाली भूमिमा हुर्कन नपाओस भन्नका लागि समय छदैं सजग रहेर देशको सबै धर्म-सम्प्रदाय, भाषा र संस्कृतिको रक्षा गर्नमा राज्यले उपयुक्त कदम चाल्नुपर्छ । नेपाली हिन्दु तथा बौद्धहरूको नियति विगतको अफगानिस्तान र बर्तमानको पाकिस्तान र बंगलादेशको जस्तो नहोस।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।